Butwal Today

कपिलवस्तु–३ को मतगणना सकियो: काँग्रेसका शाह विजयी

२३ फाल्गुन २०८२, शनिबार
अ+
अ-

चन्द्रौटा (कपिलवस्तु) ।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचन अन्तर्गत शाहले कुल २३ हजार ५३५ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । शाहले आफ्ना निकटतम प्रतिद्वन्द्वी प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

निर्वाचन आयोगका अनुसार शाहका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले १८ हजार ८९० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार विरेन्द्र कनोडियाले १४ हजार ७६३ मत प्राप्त गरेका छन् । महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका पर्दछन् ।

यद्यपि यस क्षेत्रमा मतगणना सकिएर औपचारिक नतिजा सार्वजनिक गरिसकेको छ । यता शाह विजयी भएपछि उनका सर्मथक निकै उत्सहित भएका छन्, भने उनले मतदातालाई धन्यवाद व्यक्त गरेका छन् । उनले यस क्षेत्रका विकासका लागि प्रतिबद्धता समेत जाहेर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?