© 2026
गुल्मी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मीका क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल (घण्टी) र गोविन्द पन्थीको अग्रस्थानमा देखिएका छन्। हालसम्म सार्वजनिक भएको मत परिणाम अनुसार दुवै क्षेत्रमा घण्टीको उल्लेख्य अग्रता छ ।
गुल्मी क्षेत्र नम्बर १
हालसम्मको मत परिणामअनुसार सागर ढकालले सबैभन्दा बढी मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) सागर ढकाल – २२,४४५
नेकपा एमाले (सूर्य) – प्रदीप ज्ञवाली १२,२९७
नेपाली काँग्रेस (रुख) – चन्द्र भण्डारी ९,१२६
नेपाल कम्युनिस्ट पार्टी (पाँच कुने तारा) – तारा २,८८८
हालको अवस्था: घण्टी १०,१४८ मतले अग्रता
गुल्मी क्षेत्र नम्बर २ को एउटा वडा मात्रै गणना वाकी छ हाल गणना भएको छ भने अब केही समयमा अन्तिम नतिजा सार्वजनिक हुँदै छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) – गोविन्द पन्थी : १६,३१३
नेकपा एमाले (सूर्य) – गोकर्ण विष्ट : १५,७०७
नेपाली काँग्रेस (रुख) – भुवन प्रसाद श्रेष्ठ : १३,६१३
नेपाली कम्युनिस्ट पार्टी (तारा) – श्रीराम महत : ३,०१३
हालको अग्रता:घण्टि
घण्टी (गोविन्द पन्थी) ६०६ मतले अग्रता
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ। पछिल्ला अपडेटहरू आउने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।