Butwal Today

रुपन्देही- ४ मा यादवको अग्रता कायमै

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

भैरहवा (रुपन्देही) ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा हालसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार प्रमोदकुमार यादव नौ हजार २०६ मत प्राप्त गरी अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत टोपबहादुर विष्टका अनुसार नेपाली काँग्रेसका उम्मेदवार आशुतोष मिश्रा आठ हजार ७७० मत प्राप्त गरी यादवलाई पछ्याउँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनियाँ आठ हजार ४४७ मतसहित तेस्रो स्थानमा छन् । सो निर्वाचन क्षेत्रमा कुल एक लाख १६ हजार १७२ मतदाता भएकामा ७६ हजार ८१२ मत खसेको थियो ।

रुपन्देही ५ मा रास्वपाका खानको अग्रता कायम

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअन्तर्गत रुपन्देहीको क्षेत्र नं ५ को हालसम्म प्राप्त परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तौफिक अहमद खानले सात हजरा ६९३ मत प्राप्त गरी अग्रता लिएका छन् ।

निर्वाचन अधिकृत गोपीकृष्ण रेग्मीका अनुसार एमालेका उम्मेदवार खिमलाल भट्टराईले दुई हजार ५६४ मत प्राप्त गरी खानलाई पछ्याउँदै छन् । त्यस्तै, दुई हजार ५०३ मत प्राप्त गरी नेपाली काँग्रेसका भारतकुमार शाह तेस्रो स्थानमा छन् । सो निर्वाचन क्षेत्रमा कुल एक लाख ३४ हजार ४४२ मतदाता भएकामा ८४ हजार ८३८ मत खसेको थियो ।

रुपन्देही क्षेत्र नं ३ मा हालसम्म गणना भएको १५ हजार ३४१ मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता कायम राखेको छ । रास्वपा डा लेखजङ्ग थापा १० हजार ८४ मत प्राप्त गरी अग्रस्थानमा  छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वासुदेव घिंमिरेले एक हजार ३६३, नेपाली काँग्रेसका सुशील गुरुङ एक हजार ३१७ र राप्रपाका गौरव बोहोराले ९५७ प्राप्त गरेका छन् । क्षेत्र नं ३ मा एक लाख ४० हजार ३५ मतदाता रहेकामा ९७ हजार ३८७ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?