Butwal Today

इलाम–२ मा एमालेका नेम्बाङको अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

इलाम ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा इलाम क्षेत्र नं २ मा दिउँसो ३ः३० बजेसम्मको प्राप्त मतपरिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले ४९१ मत प्राप्त गरी सुरुआती अग्रता लिएका छन् ।

त्यसैगरी श्रम संस्कृति पार्टीका सुदीप राईले ४४१ मत प्राप्त गरी पछ्याउँदै छन् । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यले २१० मत प्राप्त गरी तेस्रो स्थानामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले १७१ मत र नेपाली कम्युनिष्ट पार्टीका ओम गुरुङले ५१ मत प्राप्त गरेको निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिएका छन् ।

एक लाख १९ हजार ४८९ मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ३३ हजार ४९ महिला, ३३ हजार ८८५ पुरुष र एक जना अन्य मतदाताले मतदान गरेका थिए । उक्त निर्वाचन क्षेत्रमा एक स्वतन्त्रसहित १३ दलका १४ उम्मेद्वार प्रत्यासी रहेका छन् । मतगणना इलाम सदरमुकामस्थित राष्ट्रियसभागृहमा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?