© 2026
बुटवल । फागुन २१ सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरू भएको छ । हालसम्म ६५ क्षेत्रको मतगणना सुरू भएको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा क्षेत्रमा जित हात पारेको छ भने ५० स्थानमा अग्रता लिएको छ ।
नेपाली कांग्रेस र नेकपा एमाले ५ – ५ निर्वाचन क्षेत्रमा अघि छन्। मतगणना भइरहेका क्षेत्रमध्ये ललितपुर–१, मुस्ताङ–१, कपिलवस्तु–३, दैलेख–१ र कैलाली–१ मा अग्रता लिइरहेको छ ।
ललितपुर १ मा कांग्रेसका उदयशम्शेर राणाले ३ हजार १४४ मत सहित अग्रता लिइरहेका छन् । नेकपा एमालेका चेतनाथ संजेलले पछ्याइरहेका छन् । उनले १ हजार ७५३ मत प्राप्त गरेका छन्। रास्वपाका बुद्धरत्न महर्जनले १ हजार ६५२ मत प्राप्त गरेका छन् ।
मुस्ताङमा कांग्रेसका योगेश गौचन थकालीले अग्रता लिएका छन्। उनले हालसम्म २ हजार ५५७ मत प्राप्त गरेका छन् । नेकपा एमालेका इन्द्रधारा डादु विष्टले उनलाई पछ्याइरहेका छन् । उनले १ हजार ३२३ मत प्राप्त गरेका छन्। रास्वपाका अधितीय चन्द्र थकाली ५ सय ९१ मत प्राप्त गरेका छन् ।
कपिलवस्तु–३ मा कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिइरहेका छन् । उनले हालसम्म २ हजार ५३१ मत ल्याएका छन् । नेकपा एमालेका बीरेन्द्रकुमार कानोडियाले १ हजार ४९३ मतका साथ पछ्याइरहेका छन् । रास्वपाका प्रकाश रजौरिया १ हजार २७० मतका साथ चौथो स्थानमा छ । तेस्रो स्थानमा रष्ट्रिय मुक्ति पार्टी नेपालका ईज्ञश्वर दयाल मिश्र १ हजार ४५९ मत प्राप्त गरेका छन् ।
दैलेख १ मा कांग्रेसकी बासना थापाले १ हजार २५७ मत सहित अग्रता प्राप्त गरेकी छिन् । त्यहाँ नेकप एमालेका रविन्द्रराज शर्माले ९ सय २० मत सहित पछ्याइरहेका छन् । रास्वापका नन्दकिशोर बस्नेत ५ सय २४ मत सहित तेस्रो स्थानमा छन् ।
कैलाली १ मा कांग्रेसका जनकराज चौधरीले अग्रता लिइरहेका छन्। उनले हालसम्म ३ सय ४८ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार फागुराम थारुले २ सय ४१ मत प्राप्त गरेर चौधरीलाई पछ्याइरहेका छन्। रास्वपाका कोमल ज्ञवालीले १ सय ९९ मत प्राप्त गरेकी छिन् ।