Butwal Today

दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्वपा अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

दाङ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भएको मतदानको मतपरिणाम आउनेक्रम जारी रहेको छ । दाङका तीनवटै निर्वाचन क्षेत्रमा रास्ट्रिय स्वतन्त्र पार्टी अग्र स्थानमा रहेको छ । दाङ निर्वाचन क्षेत्र नम्बर –१ मा १२ हजार ४ सय ७ मतगणना गर्दा रास्वपाका देवराज पाठकले ७३७० मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका रेवतीरमण शर्मा ७८९ मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसका योगेन्द्र चौधरी २२२९ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका मेटमणी चौधरी ८४६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नं २ मा ३९१५ मत गणना हुँदा रास्ट्रिय स्वतन्त्र पार्टीका विपिन कु। आचार्यलाई २४२९ मत प्राप्त भएको छ। नेपाली काङ्ग्रेसका किरण किशोर घिमिरेले ३८७ मत प्राप्त भएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई ५३८ मत प्राप्त भएको छ । नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले २१३ मत प्राप्त भएको छ ।

त्यसैगरी दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा ३०८४ मत गणना हुदा नेपाली काङ्ग्रेसका दिपक गिरीले ८८१ मत प्राप्त भएको छ । रास्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदीले १५४० मत प्राप्त भएको छ । नेकपा एमालेका घनश्याम पान्डेयलाइ ३८५ मत प्राप्त भएको छ । नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्कीलाई ११९ मत प्राप्त भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुवरले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?