© 2026
काठमाडौं । रुपन्देही–२ मा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले १३ हजार २७१ मतान्तरसहित अग्रता कायम गरेका छन् ।
खरेलले १६ हजार ७८८ मत प्राप्त गर्दा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ३ हजार ५१७ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेलले २ हजार २६४ मत प्राप्त गरेका छन् । नेकपाका सुभाष पाण्डे (विश्वदीप) ले ४६३ मत ल्याएका छन् ।
श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत प्राप्त गरेका छन् ।