Butwal Today

दाङ- २ मा रास्वपाका उम्मेदवार आचार्य अग्रस्थानमा

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

दाङ ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बिपिनकुमार आचार्यले प्रारम्भिक मतगणनामा अग्रता लिएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रारम्भिक मतपरिणाम अनुसार आचार्यले ८०३४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । एमालेका महासचिव शंकर पोखरेलले ३०३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरणकिशोर घिमिरेले १८२५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार निर्मल आचार्यले ८८४ मत प्राप्त गरि चौथो स्थानमा रहेका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं. २ मा १४०९६५ मतदाता रहेकोमा ८२ हजार ६२६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?