© 2026
बैतडी ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुआती अग्रता बनाएको छ ।
प्रारम्भिक मत परिणामअनुसार एक हजार मत गणना हुँदा रास्वपाका हरिमोहन भण्डारीले ३६८ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दले २५८ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपा ९एमाले० का उम्मेदवार दामोदर भण्डारीले १८७ र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार परमान्नद भट्टले ११४ मत पाएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा ७३ हजार १४८ मतदाताले मतदान गरेका थिए ।