Butwal Today

काठामाडौँ–९ मा रास्वपाको अग्रता कायमै

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत काठमाडौँ क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै रहेको छ । रास्वपाका उम्मेदवार डोलप्रसाद अर्यालले ५ हजार ५५९ मत प्राप्त गरेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार अजय क्रान्ती श्रेष्ठले ५७०, नेपाली कांग्रेसका नानुमाया बाँस्कोटाले एक हजार १९६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार राधाकृष्ण महर्जनले १७९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलकुमार कार्कीले २१२ मत प्राप्त गरेका छन् ।

यसैगरी जनता समाजवादी पार्टी, नेपालका रणवीर क्षेत्री सिंहले २, नेपाल मजदुर किसान पार्टीका शान्त महर्जनले ६, राष्ट्रिय जनमोर्चाका रोशन दानीले १३ तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका राजु रोक्काले ४ मत प्राप्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?