© 2026
बुटवल । रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेलको अग्रता कायमै रहेको छ । २० हजार ८ सय ५ मत गणना गर्दा सदर भएका २०१८६ मत मध्ये खरेलले १३ हजार ८ सय ६९ मत प्राप्त गरेका छन् । खरेलले मतगणनाको शुरुवातीदेखि नै अग्रता कायम गरिरहेका थिए ।
एमालेका उम्मेदवार विष्णु प्रसाद पौडेलले ३ हजार १३३ मत प्राप्त गर्दा कांग्रेसका चुन्न प्रसाद पौडेलले १ हजार ७७९ मत प्राप्त गरेका छन् ।
यस्तै नेकपाका सुवास पाण्डे विश्वदीपले ४सय५ मत प्राप्त गरेका छन् ।