Butwal Today

बागलुङ–१ मा रास्वपाका खड्काको सुरुआती अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

बागलुङ ।

बागलुङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्काले सुरुआती अग्रता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माका अनुसार यहाँ दुई हजार २५५ मतगणना हुँदा खड्काले एक हजार १३८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका भीस श्रीसले ५२५ मत प्राप्त गरेका छन् ।

यस्तै, नेकपा (एमाले) का हिराबहादुर केसीले ३४६, राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारीले ९१ मत र राप्रपाका कल्याण विक्रम आचार्यले १४ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?