© 2026
सल्यान, २२ फागुन ।
सल्यानमा प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा नेपाली कम्युनिष्ट पार्टीका रमेश कुमार मल्लको सुरुवाती अग्रता देखिएको छ ।
८१२ मत गणना हुँदा मल्लले २५९ मत प्राप्त गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका ललित कुमार चन्द २२३ मतसहित दोस्रो स्थानमा छन् । नेपाली काँग्रेसका केश बहादुर विष्टले १६१ मत पाउँदा नेकपा एमालेका गुलाबजंग शाहले १२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर खड्काले ३ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीकी अनिसा नेपाली र नेपाल मजदुर किसान पार्टीका लालबहादुर थापाले समान रूपमा एक/एक मत पाएका छन् ।
जनमोर्चाकी कमला डाँगी र संयुक्त नागरिक पार्टीका कालीदाश विकले दुइ/दुई मत पाएका छन् । स्वतन्त्र उम्मेदवार ध्रुवराज ओलीले १ मत ल्याएका छन् ।
यसैगरी मंगोल नेसनल अर्गनाइजेसनका बालसिंह घर्ती, श्रम संस्कृति पार्टीका धनबहादुर बुढा, नेशनल रिपब्लिकन नेपालका डिल्लीबहादुर घर्ती र स्वतन्त्र उम्मेदवार जुद्धकुमार सिंहले अहिलेसम्म मत प्राप्त गर्न सकेका छैनन् ।
हालसम्म गणना भएको मत ८१२ रहेको छ । जसमा सदर मत ७७६ र बदर मत ३६ रहेको छ । निर्वाचन कार्यालयको अद्यावधिक विवरण अनुसार जिल्लाका ११७ मतदान स्थलका २०५ मतदान केन्द्रबाट करिब ५१.५२ प्रतिशत मत खसेको छ ।
जिल्लामा एक लाख ६२ हजार ४४९ स्थायी मतदाता मध्ये ८३ हजार ६९२ जनाले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।