Butwal Today

मतगणनाको सुरुवाती चरणमा देशभर रास्वपाको अग्रता, कांग्रेस ४ र एमाले २ क्षेत्रमा अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको निर्वाचनको मतगणना जारी छ । केही निर्वाचन क्षेत्रबाट पहिलो चरणको मत परिणाम सार्वजनिक भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर हावी भएको देखिएको छ ।

बिहान साढे ७ बजेसम्मको नतिजाअनुसार रास्वपाले ३० निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ । त्यस्तै, अघिल्लो संसदको पहिलो दल नेपाली कांग्रेसले ४ र दोस्रो ठूलो दल नेकपा (एमाले)ले २ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेका छन् ।

रास्वपाले अग्रता कायम गरेका अधिकांश क्षेत्रमा फराकिलो मतान्तर देखिएको छ ।

यस निर्वाचनको ‘इपिसेन्टर’ मानिएको झापा–५ मा रास्वपाका बालेन शाहले अग्रता कायम गरेका छन् । यो समाचार तयार गर्दासम्म बालेनले १ हजार ४७८ मत प्राप्त गर्दा एमालेका ओलीले ३८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, भक्तपुर–२ मा पनि रास्वपाले अग्रता कायम गरेको छ । जहाँ रास्वपाका राजीव खत्रीले १ हजार ४०० मत ल्याउँदा एमालेका महेश बस्नेतले १ हजार २०० मत ल्याएका छन् ।

त्यसैगरी चितवन–२ मा पनि रास्वपाका रवि लामिछानेले २ हजार ८०१ मत ल्याउँदा एमालेका अस्मित घिमिरेले १ हजार २५९ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?