© 2026
बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार प्रमोद कुमार यादव अग्रस्थानमा देखिएका छन् ।
मधेसी समुदायको बस्ती रहेको यस क्षेत्रमा हालसम्मको मत परिणामअनुसार यादवले २ हजार ६९८ मत प्राप्त गरेका छन् ।
उनी नेपाली काङ्ग्रेसबाट टिकट नपाएर नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका आशुतोष मिश्रले २ हजार २४७ मत पाएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कन्हैया बनियाले १ हजार ८३० मत प्राप्त गरेका छन् । रुपन्देही क्षेत्र नम्बर ४ मा यसपटक ७६ हजार ८१२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।