Butwal Today

रुपन्देही -२ मा रास्वपाका खरेल भारी मतले अगाडि

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

लुम्बिनी ।

रुपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको १०:३० बजेसम्म मत परिणामअनुसार यहाँ १५ हजार ४१३ मतगणना हुँदा सदर भएको १४ हजार ९८६ मतमध्ये रास्वपाका सुलभ खरेलले १० हजार ५१९ मत प्राप्त गरी अग्रता लिएका छन् ।

नेकपा (एमाले) का विष्णुप्रसाद पौडेलले दुई हजार १९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले एक हजार २०४ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा कूल एक लाख ३५ हजार ५० मतदाता रहेका भएकामा ८६ हजार ५१० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?