© 2026
जुम्ला । एक मात्रै निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला जुम्लामा जारी मत गणनाअनुसार राप्रपाका ज्ञानेन्द्र शाही दोब्बर मतले अग्रस्थानमा रहेका छन् ।
जिल्लाको कनकासुन्दरी गाउँपालिकाको पाँच हजार ६२ मत गणना हुँदा राप्रपाका शाहीले दुई हजार ६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।
शाहीका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका नरेश भण्डारीले एक हजार २३३ मत पाएका छन् भने नेकपा (एमाले) का शान्तिलाल महतले २८१ र नेपाली कांग्रेसका दीपबहादुर शाहीले ६०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले जानकारी दिए ।
यसैगरी, रास्वपाका विनीता कठायतले ३६ मत, प्रलोपाका मनऋषि धितालले आठ, नेमकिपाका बृषबहादुर रावतले ४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको निर्वाचन अधिकारी कँडेलको भनाइ छ । समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ । रासस