© 2026
बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ ।
सुरुआतमा कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाबाट खसेका मतपत्रको गणना सुरु गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणना जिल्ला समन्वय समितिको हलमा भइरहेको छ । मतपेटिका सबै मतदान केन्द्रबाट सदरमुकाम ल्याइसकिएको र सुरक्षा व्यवस्थासहित मतगणना भइरहेको छ ।
निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डा. चन्द्र भण्डारी, नेकपा एमालेका प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका सुदर्शन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले उम्मेदवारी दिएका छन् । दलीय र स्वतन्त्र गरी जम्मा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत कृष्णप्रसाद पाैडेलले जानकारी दिए । क्षेत्र नम्बर १ मा कुल मतदाता एक लाख २२ हजार १८६ रहेकोमा ६४,७८७ मत खसेको छ ।
गुल्मीमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लाभर २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन्।