© 2026
दाङ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को दाङ -२ को मतगणना सुरु हुँदै छ। निर्वाचन क्षेत्र नम्बर -२ को मतगणनाको लागि सर्वदलीय बैठक सम्पन्न भएको छ ।
क्षेत्र नम्बर २ मा १ लाख ४० हजार ९ सय ६५ मतदाता रहेकामा ८२ हजार ६२६ मत खसेको छ। तुलसीपुर उपमहानगरपालिका -१९ छिल्लीकोट्बाट मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिए ।