Butwal Today

धनकुटामा एमालेको सुरुआती अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

धनकुटा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनकुटामा (नेकपा) एमालेको सुरुआती अग्रता लिएको छ ।

मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र ईङ्नामले अपराह्न २ः०० बजेसम्म एक हजार ४०१ मत गणना गर्दा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले ५१४ मत प्राप्त गरेका छन् । यस्तै, श्रम संस्कृति पार्टीका सानबहादुर राईले ५१०, नेपाली काँग्रेसका दिनेश राईले १८८, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश भण्डारीले २३, चकिया(जाँतो) चिन्हका निसान राईले १५ मत प्राप्त गरेका छन् ।

यहाँ तीन स्वतन्त्र र १४ दलका सहित १७ उम्मेदवार रहेका छन् ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?