Butwal Today

कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा काँग्रेस र रास्वपाको अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

सुदूरपश्चिम ।

प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्त गरी पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरेर काँग्रेसका उम्मेदवार विजयबहादुर स्वाँरलाई उछिनेका छन् । स्वाँरले ४०७ मत पाएका छन् । रास्वपाका केपी खनालले ३१६ मत पाएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं ५ को पछिल्लो मत गणनाको परिणामअनुसार रास्वपाका आनन्दबहादुर चन्दले तीन हजार ९४४ मत पाएका छन् । नेपाली काँग्रेसका नरनारायण शाहले एक हजार ४७५ मत र नेकपा (एमाले) का यज्ञराज ढुङ्गानाले ८४६ मत प्राप्त गरेका छन् ।

कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीले ६०४ मत प्राप्त गरी अग्रता बनाएका छन् । उनलाई रास्वपाका जगतप्रशाद जोशीले २७५ मत प्राप्त गरी पछ्याइरहनुभएको छ । नागरिक उन्मुक्ति पार्टी, नेपालका विक्रम चौधरीले २५२ मत प्राप्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?