Butwal Today

चितवनका ३ क्षेत्रमा रास्वपाको अग्रता

२२ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-

चितवन ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा चितवनका तीन क्षेत्रमा नै रास्वपाका उम्मेदवारले अग्रता लिएका छन् । चितवन क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार हरि ढकाल तीन हजार ५०३ मतका साथ अग्रस्थानमा छन् ।

यस क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का दावादोर्जे लामा दुई हजार १०९ मतसहित दोस्रो स्थानमा छन् भने तेस्रो स्थानमा नेपाली काँग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले एक हजार ७५२ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं २ मा रास्वपाका उम्मेदवर रवि लामिछानेले १० हजार ८२२ मत प्राप्त गर्दा नेपाली काङ्ग्रेसकी उम्मेदवार मीनाकुमारी खरेलले तीन हजार २२७ मत प्राप्त गरेकी छन् । नेकपा एमालेका अस्मिन घिमिरेले दुई हजार ८४६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार सोविता गौतमको नौ हजार ८७९ मत प्राप्त हुँदा नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहालले पाँच हजार २५६ मत प्राप्त गरेकी छन् । त्यसै गरी नेकपा एमालेका शङ्करराज थपलियाले एक हजार ४६५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना अन्य मतदाता रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?