Butwal Today

रुपन्देही–३ मा बिहानैदेखि मतदान सुरु, पक्लिहवा केन्द्रमा उत्साहजनक सहभागिता

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

भैरहवा ।  फागुन २१ गते बिहीबार बिहान ७ बजेदेखि रुपन्देही क्षेत्र नम्बर ३ मा मतदान सुरु भएको छ ।

बिहानैदेखि मतदाताहरू मतदान स्थलमा पुग्न थालेका छन् भने विभिन्न स्थानबाट मतदाता मतदान गर्न आउने क्रम जारी छ। मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ ।

यस क्रममा सुशील गुरुङ ले नेपाली कांग्रेस का तर्फबाट उम्मेदवार रहँदै सिद्धार्थनगर नगरपालिका वडा नं. १ स्थित पक्लिहवा मा।वि। मा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।

मतदाताहरू शान्तिपूर्ण वातावरणमा आफ्नो मताधिकार प्रयोग गरिरहेका छन् ।

यसैबिच पक्लिहवा कृषि क्याम्पस मा दुई वटा मतदान केन्द्र (क र ख) सञ्चालनमा रहेका छन् । उक्त केन्द्रमा कुल ६१६ जना मतदाता रहेका छन्।

मतदान अधिकृत शिवहरी मरासिनीका अनुसार हालसम्म मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ । साँझ ५ बजेसम्म मतदान प्रक्रिया यसैगरी शान्तिपूर्ण रूपमा सञ्चालन हुने अपेक्षा गरिएको उनले भने।

मतदान स्थलमा सुरक्षा व्यवस्थाका लागि सुरक्षा कर्मी तथा निर्वाचन प्रहरीसहित १९ जना खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट १ जना मतदान अधिकृत, १ जना सहायक अधिकृत, ३ जना सहायक कर्मचारी र १ जना सहयोगी गरी ६ जनाको टोली परिचालन गरिएको छ। साथै विद्यालयका ३ जना स्वयंसेवक कर्मचारीसमेत खटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?