Butwal Today

ओखलढुङ्गामा दिउँसो १ बजेसम्म २४ दशमलव ५० प्रतिशत मतदान

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-
काठमाडौँ ।  ओखलढुङ्गामा दिउँसो १ बजेसम्म ३० हजार ६७ मत अर्थात् २४ दशमलव ५० प्रतिशत मतदान भएको छ ।  मतदान गरिसकेका मतदातामध्ये महिला १३ हजार ९८३, पुरुष १६ हजार ८३ र अन्य एक जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
 त्यसै गरी जुम्लामा जम्मा २३ हजार ६२५ अर्थात् ३२ दशमलव ९३ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । त्यसमध्ये महिला मतदाता ११ हजार ७२८ र पुरुष ११ हजार ८९७ रहेको जनाइएको छ ।
आयोगका अनुसार तेह्रथुममा २१ हजार ७५० प्रतिशत अर्थात् ३० प्रतिशत मत खसेको छ । त्यसमध्ये महिला १० हजार ३३१ र पुरुष ११ हजार ४१९ मतदाता रहेको आयोगले जनाएको छ ।
त्यसै गरी पर्वतमा हालसम्म कूल ३७ हजार ७२५ मतदान भएको जनाइएको छ । आयोगका अनुसार करिब ३० प्रतिशत मतदान भएको छ । तनहुँमा ७६ हजार १४१ अर्थात् कूल मतको २९ दशमलव ९३ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?