Butwal Today

गुल्मीमा ४ बजेसम्म ४०.९ प्रतिशत मत खस्यो

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

गुल्मी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी जिल्लामा बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार साँझ ४ बजेसम्म जिल्लाभर ९४ हजार १ सय २६ मत अर्थात् ४०.९ प्रतिशत मत खसेको छ ।

खसेको मतमध्ये महिला ९१ हजार ३ सय ६३ र पुरुष ४२ हजार ७ सय ६३ रहेका छन् । जिल्लाभर बिहान ७ बजेदेखि सुरु भएको मतदान सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा कुल २ लाख २९ हजार ५ सय ४९ मतदाता रहेका छन् । जसमध्ये १ लाख १५ हजार २ सय १० महिला, १ लाख १४ हजार ३ सय ३७ पुरुष र अन्य २ जना मतदाता रहेका छन् ।

जिल्लाभर १ सय ४५ मतदान स्थलमा २ सय ८४ मतदान केन्द्रमार्फत मतदान भइरहेको छ । निर्वाचन अधिकारीहरूका अनुसार जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ भने मतदाताको सहभागिता क्रमशः बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?