Butwal Today

बाँकेमा अपराह्न ४ बजे सम्म करिब २ लाख मत खस्यो

२१ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

नेपालगञ्ज ।

बाँकेमा अपराह्न ४ बजेसम्म करिब २ लाख मत खसेको छ  ।

कुल मतदाता सङ्ख्या ३ लाख ५० हजार ३ सय ७१ रहेकोमा हाल सम्म १ लाख ९९ हजार ८ सय ५४ म खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता तथा सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार हाल सम्म बाँके क्षेत्र नम्बर १ मा ६८ हजार ४ सय ७४, क्षेत्र नम्बर २ मा ६३ हजार ६सय १ र क्षेत्र नम्बर ३ मा ६७ हजार ७ सय ७९ गरि १ लाख ९९ हजार ८५४ मत खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?