© 2026
बुटवल। रूपन्देहीमा मतदान जारी छ। बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भईरहेको प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले जानकारी दिए। मतदानका लागि बिहानैदेखि मतदाताहरू उत्साहजनक रूपमा सहभागी भएका छन्।
मतदानस्थलहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी खटिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। जिल्लाभर २ सय १३ मतदान स्थलमा ७ सय ३६ मतदान केन्द्र छन्।
हेर्नुहोस् थप तस्बिर :