Butwal Today

दाङमा मोटरसाइकल दुर्घटना हुँदा १ युवकको मृत्यु, एक गम्भीर घाइते

२० फाल्गुन २०८२, बुधबार
अ+
अ-

दाङ,२० फागुन  ।

दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा  एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ थानगाँउका २२ वर्षका दिपेन घर्ती  मगर रहेको दाङ प्रहरीले जनाएको हो ।  .४ प.४४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षका सोनु सुनारको अवस्था  गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रहरी  प्रवक्ता  रेशम बोहोराले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर सामान्य उपचार पछि थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रेफर गरिएको थियो ।

मोटरसाइकल चालक दिपेनको उपचारकै क्रममा हिजो  बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुनारको बाँया हात, ढाड र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

मोटरसाइकल  अनियन्त्रित भई तुलसीपुर–१९ हाडिमेको भित्री सडक खण्डमा दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?