Butwal Today

यस्तो छ मतदानको तयारी [तस्वीरहरु]

२० फाल्गुन २०८२, बुधबार
अ+
अ-

बुटवल। प्रतिनिधि सभाको चुनाबमा भोलि बिहीबार मतदान हुँदैछ। मतदानका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देहीले जनाएको छ।

सबै मतदान केन्द्रमा एक एक जना मतदान अधिकृत र एक एक जना सहायक मतदान अधिकृत सहित कर्मचारी खटाइएको रूपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै सङ्ख्यामा सहायक मतदान अधिकृतले मतदान स्थलमा आवश्यक काम पूरा गरिसकेका छन्। बुथमा प्रतिनिधि राख्नेदेखि मतदानका लागि क्रमसंख्या छुट्याएर टाँस्ने काम सकिएको निर्वाचन कार्यालयहरुले जनाएका छन्।

मतदानका लागि रूपन्देहीमा ४ हजार ४ सय ४ जना कर्मचारी खटिएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार रूपन्देहीमा पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थलमा तय गरिएका ७ सय ३६ मतदान केन्द्रबाट मतदान गर्ने छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?