© 2026
बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रूपन्देही क्षेत्र नम्बर २ का अध्यक्ष रामबहादुर थापामाथि पार्टी हितविपरीत गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरेको जनाएको छ।
जिल्ला अध्यक्ष सागर प्रताप राणाका अनुसार थापाले पार्टीको आधिकारिक निर्णयविपरीत नेपाली कांग्रेसका उम्मेदवार चुन्न प्रसाद पौडेललाई सहयोग गरेको भन्दै अनुशासनात्मक कदम चालिएको बताउदै निलम्बनको पत्र सार्वजनिक गरेका छन ।
राप्रपाले थापा आर्थिक प्रलोभनमा परेर कांग्रेस उम्मेदवारलाई समर्थन गरेको आरोपसमेत लगाएको छ। यद्यपि, थापाको तर्फबाट यसबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।