Butwal Today

कपिलवस्तु–२ः काँग्रेसको किल्लामा एमाले र रास्वपाको धावा

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-

चन्द्रौटा ।

चुनावी सरगर्मी बढेको बेला कपिलवस्तु–२ मा प्रचारप्रसारका गतिविधि तीव्र बनेको छ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सरगर्मी मात्र बढेको छैन ।

राजनीतिक समीकरणको जटिल खेलसमेत सतहमा आएको छ । यस निर्वाचन क्षेत्रमा २८ उम्मेदवार चुनावी दौडमा रहे पनि वास्तविक प्रतिस्पर्धा चार प्रभावशाली उम्मेदवारहरूबिच केन्द्रित देखिएको छ । जसमध्ये १७ जना विभिन्न राजनीतिक दलबाट र ११ जना स्वतन्त्र रूपमा—चुनावी मैदानमा उत्रिएका छन् ।

जहाँ पुरानो विरासत जोगाउने सङ्घर्ष, दल परिवर्तनको रणनीति र वैकल्पिक राजनीतिक धारको चुनौती एकसाथ भिडिरहेका छन् । यो प्रतिस्पर्धाले चुनावी माहौललाई थप रोचक बनाएको छ ।

नयाँ रणनीति
एमालेबाट उम्मेदवार बनेका दृर्घनारायण पाण्डेय नयाँ राजनीतिक यात्राले उत्साहित छन् । काङ्ग्रेसभित्रको आन्तरिक संरचना र मतदाताको मनोविज्ञान बुझ्ने क्षमताका कारण पाण्डेय काँग्रेसको परम्परागत मत आधारमा प्रवेश गर्ने रणनीति अपनाएको स्थानीयको आङ्कलन छ ।

एमालेको लागि पनि कपिलवस्तु–२ बाट आफ्नो प्रभाव पुनः विस्तार गर्ने अवसरका रूपमा उनको उम्मेदवारीलाई हेरिएको छ । लामो समय नेपाली काङ्ग्रेससँग जोडिएका उनी २०७८ को राष्ट्रियसभा उपनिर्वाचनमा काङ्ग्रेसबाटै विजयी भएका थिए । सभा सदस्यको कार्यकाल समाप्त भएपछि एमाले प्रवेश गरेका पाण्डेय अहिले एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा प्रतिस्पर्धामा छन् ।

विरासतमा चुनौती
नेपाली काङ्ग्रेसबाट पूर्व मन्त्री तथा लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य पुनः चुनावी मैदानमा उत्रिएका छन् ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा विजय भएका कारण चुनावी मैदानमा उत्रिएका छन् । यस पटक पनि उनको उम्मेदवारी अनुभव, संगठनात्मक र स्थापित मतदाताको आधारले बलियो मानिएको छ ।

काङ्ग्रेसभित्रको प्रभाव र स्थानीय स्तरमा बनेका उनलाई प्रतिस्पर्धामा अग्रपंक्तिमा राखेको बताइन्छ । तर यस पटक उनको चुनौती केवल प्रतिद्वन्द्वी दलबाट मात्र नभई काङ्ग्रेसकै पृष्ठभूमिका अन्य उम्मेदवारबाट पनि देखिएको छ ।

मत विभाजनको सम्भावना, वैकल्पिक राजनीतिक शक्तिको उदय तथा पुराना प्रतिस्पर्धीहरूको पुनः सक्रियताले उनलाई आफ्नो विरासत जोगाउन चुनौती थपिएको छ ।

इन्जिनियरको जागिर 
पूर्व सङ्घीय मन्त्री तथा चार पटक सांसद जितेका बृजेश कुमार गुप्ता यस पटक नेपाली कम्युनिस्ट पार्टीबाट चुनाव लडिरहेका छन् । उनको लामो राजनीतिक अनुभव, विभिन्न दलमार्फत हासिल गरेको जनसम्पर्क र क्षेत्रीय पहिचानले प्रतिस्पर्धालाई अझ रोचक छ ।

गत निर्वाचनमा एमालेबाट चुनाव लडेका उनी झिनो मतान्तरले पराजित भएका थिए । एमालेबाट टिकट नपाएपछि नयाँ दलबाट मैदानमा उत्रिएका गुप्ता आफ्नो पुरानो मत आधार पुनः सक्रिय बनाउने रणनीतिमा देखिएका छन् । गुप्ता इन्जिनियरको स्थायी जागिर छाडेर २०५६ सालदेखि राजनीतिमा सक्रिय छन् ।

सुरक्षा संयन्त्रको अनुभव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पूर्व एसएसपी विक्रमसिंह थापा चुनावी मैदानमा उत्रिएका छन् ।

उनी काँग्रेस पृष्ठभूमिका नेता भए पनि टिकट नपाएपछि रास्वपा प्रवेश गरेका थिए । गत निर्वाचनमा प्रत्यक्ष उम्मेदवार नभए पनि रास्वपाले समानुपातिकतर्फ ४ हजार २९९ मत प्राप्त गरेको तथ्यले यस क्षेत्रमा वैकल्पिक राजनीतिक धारप्रति मतदाताको चासो रहेको हेरिएको छ ।

युवा मतदाता र पुराना दलप्रति असन्तुष्ट समूहलाई आकर्षित गर्ने सम्भावनाले उनले उम्मेदवारी नागरिकको भनाई छ । सुरक्षा संयन्त्रमा लामो अनुभव भएका थापाको प्रशासनिक दृष्टिले नजिकबाट नियालिएको छ ।

नयाँ रणनीति, राजनीतिक दल फेरबदलका अनुहार, अनुभव र वैकल्पिक शक्तिको उदयले यस क्षेत्रले विकासमा गति लिने स्थानीय नागरिकहरूको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?