Butwal Today

निवर्तमान संसद तथा उम्मेद्धार आचार्यलाई पितृ शोक

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-

पाल्पा ।

नेकपा एमाले पाल्पा—१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा निर्वतमान संसद नारायण प्रसाद आचार्यलाई पितृशोक परेको छ । आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आज निधन भएको हो ।

निर्वाचन क्षेत्रमा चुनावी प्रचारप्रसार र घरदैलो कार्यक्रममा व्यस्त रहेको समयमा उनका बुबाको निधनपछि नेकपा एमाले शोकमा परेको छ । नारायणप्रसाद आचार्य पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । स्वर्गीय आचार्यको अन्तिम संस्कार रामनदी धाममा गरिने तयारी गरिएको परिवारजनले बताएका छन् ।

स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वर्गीय दिल्लीप्रसाद आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उम्मेदवार आचार्य र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । उहाँका ५ छोरा र ३ छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?