Butwal Today

देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा सम्पन्न

१७ फाल्गुन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

आम नागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने उद्देश्यले देशभरका छ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

निर्वाचन आयोगले स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा आजसम्म देशभरका ७५३ स्थानीय तहका सबै वडामा सम्पन्न भएको जनाएको हो । हरेक वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सम्पन्न भएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिईन । त्यसक्रममा मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको उनले बताईन ।

मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण समेत गरेको थियो । सहायक प्रवक्ता श्रीसले मतदाता शिक्षा सम्पन्न गरी स्वयंसेवकले आयोगमा प्रतिवेदन बुझाउने क्रम जारिरहेको बताईन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?