Butwal Today

भारतद्वारा मध्यपूर्वका सबै उडानहरू स्थगित

१६ फाल्गुन २०८२, शनिबार
अ+
अ-

भारत । 

इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरे पछि भारतका दुई ठुला निजी विमान कम्पनी इन्डिगो र एयर इन्डियाले मध्यपूर्वका सबै गन्तव्यमा उडान स्थगित गरेका छन् ।

“मध्यपूर्वका केही भागहरूमा बढ्दो आक्रमणको अवस्थालाई ध्यानमा राख्दै, मध्यपूर्वका सबै गन्तव्यहरूमा जाने एयर इन्डियाका सबै उडानहरू स्थगित गरिएको एयर इन्डियाले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति जारी गर्दै जनाएको छ ।

इन्डिगोले पनि ग्राहक र चालक दलका सदस्यहरूको सुरक्षालाई ध्यानमा राख्दै अस्थायी रूपमा उडानहरू स्थगित गरिरहेको बताएको छ ।

लाखौँ भारतीय आप्रवासीहरूको घर, अन्य खाडी राष्ट्रहरूमा छ भने नयाँ दिल्लीले ऐतिहासिक रूपमा इजरायलसँगको आफ्नो सम्बन्धलाई सन्तुलित गरेको छ ।

यो क्षेत्र विश्वको सबैभन्दा तीव्र गतिमा  अघि बढिरहेको प्रमुख अर्थतन्त्रका लागि ऊर्जाको महत्त्वपूर्ण स्रोत पनि हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी इजरायलको ऐतिहासिक भ्रमण पछि स्वदेश फर्केको एक दिन पछि इरानमा आक्रमण भएको हो, जहाँ दुवै पक्षले व्यापार र रक्षा सम्बन्धलाई मझबुत बनाउन सहमत भएका थिए ।

प्रधानमन्त्री मोदीले इजरायली सांसदहरूलाई सम्बोधन गर्दै सन् २०२३ अक्टोबर–७, मा हमासको घातक आक्रमण पछि नयाँ दिल्ली इजरायलसँग “दृढतापूर्वक“ उभिएको बताएका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?