© 2026
नवलपरासी पश्चिम ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाका चार दिनका लागि बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) ले सूचना जारी गर्दै भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका फागुन १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म पूर्ण रूपमा बन्द रहने जनाएको छ ।
अंग्रेजी पात्रोअनुसार उक्त अवधि मार्च २ तारिख राति १२:०० बजेदेखि मार्च ५ तारिख राति १२:०० बजेसम्म पर्नेछ । निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित ढंगले सम्पन्न गराउने उद्देश्यले सीमा क्षेत्रमा आवागमनमा अस्थायी रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ ।
प्रशासनले सर्वसाधारणलाई तोकिएको अवधिमा सीमा आवतजावत नगर्न तथा आवश्यक परे वैकल्पिक व्यवस्था अपनाउन अनुरोध गरेको छ ।
