© 2026
रुस युक्रेन युद्धमा दर्जनौँ नेपालीले ज्यान गुमाएको दुःखद इतिहास छ ।
दुई देशबिच भएको युद्धको बाछिटा प्रत्यक्ष अप्रत्यक्ष रूपमा नेपालमाथि अहिले पनि पर्दै आएको छ । रुस र युक्रेनका नागरिक मात्रै होइन, युद्धको प्रभावले दर्जनौँ नेपाली चेलीको सिन्दूर पुछिएको छ । कैयौँ बालबालिका टुहुरा बनेका छन् ।
अहिले पनि रुस युक्रेन युद्धको मोर्चामा नेपाली रहेको सुनिनु अत्यन्त दुःखद कुरा हो । पैसा कमाउने अभिलाषा लिएर सैनिक बन्न गएका नेपालीहरू रुस र युक्रेन युद्धमा परे । उनीहरूको सपना पूरा त भएन नै, उनीहरूमा आश्रित परिवारको विचल्ली भएको छ ।
अहिले नेपालमा निर्वाचनको माँचो छ । उम्मेदवारहरू घरदैलो गरि मत मागिरहेका छन । उम्मेदवारको चुनावी एजेण्डामा धेरै कुरा परे तर रुस युक्रेन युद्धको बिषय भने अहिलेसम्म कुनै उम्मेदवारको एजेण्डामा परेको छैन । रुस युक्रेन युद्धमा फसेका नेपालीलाई स्वदेश फर्काउने कुरा चुनावी विषय बन्नुपथ्र्याे तर विडम्वना यो बिषय घोषणापत्रमा राख्न दलहरूले कञ्जुस्याई गरेका छन् ।
कोही पनि नेपाली नागरिक विदेशमा अनाहकमा मृत्युको मुखमा पर्ने अवस्था नआओस् भन्नेतर्फ हामी सवैको ध्यान जानु जरुरी छ । यसबीच रुसले युक्रेनमाथि आक्रमण गरेको तीन बर्ष पूरा भएको छ । दुई देशबिच कायम तनाव युद्धमा परिणत भएपछि सारा विश्व अझैपनि युद्धले पु¥याएको असर र प्रभावबाट मुक्त हुन सकिरहेको छैन् ।
२०७९ फागुन १२ गते बिहानैदेखि रुसी सेनाले युक्रेनमाथि हमला थालेपछि सुरु भएको तनावले तीन बर्षको बीचमा विश्वलाई नै नराम्रोसंग प्रभावित वनाएको छ । नेपाली युवाहरू समेत युद्धको बाछिटामा परेका छन् ।
दुई देशबीचको युद्धले विश्वलाई नै अस्थीर बनाएको छ । विशेषगरि विश्व आर्थिक क्षेत्रमा गंभीर असर परेको छ । युक्रेन कुनै बेला सोभियत संघकै हिस्सा थियो तर रुसको होइन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्व सोभियत संघ फर्काउने सपना हो भने त्यो अब सम्भव छैन ।
त्यो ठूलो मूल्य चुकाउने हुनसक्छ । अहिले मिखाईलकै बाटोमा भ्लादिमिर पुटिन हिँड्ने प्रयास गरिरहेका छन् । यदि त्यो हो भने अव त्यो उनको दिवास्वपना बन्ने निश्चित छ । युद्ध उन्माद त्याग नगर्ने हो भने उनको पनि मिखाईलकैजस्तै पतन निश्चित छ ।
तीन बर्षको बीचमा रुसले युक्रेनलाई प्रभावित वनाएपनि ध्वस्त बनाउने र कब्जा गर्ने उसको सपना पूरा हुन सकेन् । युक्रेनमाथि रुसले नै पहिलो आक्रण गरेको थियो । तसर्थ रुसले नै युद्ध अन्त्यको घोषणा गर्नुपर्छ । अस्थिर अर्थतन्त्रलाई स्थिर बनाउन सफल भएसँगै पुटिनको आत्मविश्वास बढ्दै गएको र विश्व जगतमा रुसले गुमाएको साखलाई ब्युताएर अमेरिकासँग पुनः टक्कर लिने रणनीतिका साथ पुटिन सुरुका बर्षमा अग्रसर रहेपनि अमेरिकी राष्ट्रपति ट्रम्पको कुटनीति अघि उनी निष्प्रभावी भैसकेका छन् ।
यद्यपि रुस र युक्रेनबीचको वर्तमान सवाल युद्ध आक्रमण नभएर रुसको ‘सुरक्षा चिन्ता’ मात्र भएको पुटिनले बताउँदै आएका छन् । आफूसँग टाढा र पश्चिमा मुलुकसँग नजिक बन्दै गएको युुक्रेनका कारण चिढिएको रुसले आफ्नो राष्ट्रिय सुरक्षाको सवाल सम्बोधन नभएको भन्दै युद्धमा होमिएको दावी गर्दै आएको छ । अव रुससंग युद्ध अन्त्यको विकल्प छैन् । अहिले बेला पनि आएको छ ।
युद्ध सुरुवातीको बार्षिकीमा युद्ध अन्त्यको घोषणा होस् । यता चुनावी अभियानमा होमिएका उम्मेदवारहरूले रुस युक्रेन युद्धको बिषयलाई चुनावी एजेण्डा वनाउनेतर्फ ध्यान दिनुपर्दछ । युद्धका क्रममा ज्यान गुमाएका घर परिवारलाई क्षतिपूर्ति दिन नसकिएपनि राहतको व्यवस्था गर्नेतर्फ ध्यान जाओस् ।
कमसेकम दलहरूले चुनावपछि बन्ने सरकारलाई यो बिषयमा दवाव दिन सके भनेमात्रै पनि मृतक परिवारले राहत पाउनेछन् । युद्धमा परि घाईते भएका नेपालीलाई सहानुभूति दिने काममा उम्मेदवारहरूले कञ्जुस्याई नगरौं ।