Butwal Today

कांग्रेसको भोलि शुक्रबार बुटवलमा चुनावी सभा, गगन थापाले सम्बोधन गर्ने

१४ फाल्गुन २०८२, बिहीबार
अ+
अ-

बुटवल । नेपाली कांग्रेसले भोलि शुक्रबार बुटवलमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले बुटवलको देवीनगरमा बिहान १० बजेदेखि चुनावी सभा गर्न लागेको हो ।

चुनावी सभालाई पार्टी सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस रुपन्देही २ का सभापति प्रजापाल गिरीले जानकारी दिए।

कांग्रेसबाट रुपन्देही २ मा उद्यमी चुन्न प्रसाद पौडेल उम्मेदवार छन्।

आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्न लागेको हो ।

कांग्रेस सर्खेतका सभापति खड्गबहादुर पोखरेलले वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा आयोजना गरिएको बताए ।

सुर्खेतको चुनावी सभा पछि आजै बाँके-३ मा पर्ने जानकी गाउँपालिका–३ मानपुरमा पनि कांग्रेसको चुनावी सभा हुँदैछ ।

बाँके-३ का उम्मेदवारसमेत रहेका प्रदेश सभापति अमरसिंह पुनको सचिवालयले मानपुरमा चुनावी सभा हुने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?