Butwal Today

 मगर दिवसमा गुल्मीका ५ स्थानीय तहमा सार्वजनिक बिदा

१३ फाल्गुन २०८२, बुधबार
अ+
अ-

गुल्मी, १३ फागुन ।

मगर दिवसका अवसरमा गुल्मी जिल्लाका पाँच स्थानीय तहले फागुन १५ गते एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

जिल्लाको सत्यवती गाउँपालिका, गुल्मी दरबार गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, काली गण्डकी गाउँपालिका र मालिका गाउँपालिकाले छुट्टाछुट्टै रूपमा उक्त बिदा दिने निर्णय गरेका हुन् ।

गाउँपालिकाले सार्वजनिक रूपमा सूचना जारी गरी फागुन १५ गते मगर दिवसको अवसरमा गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था, सम्पूर्ण शैक्षिक संस्था तथा सार्वजनिक सङ्घ संस्थामा स्थानीय बिदा दिने भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले प्रकाशित गरेको सूचना मार्फत उक्त अवसरमा सम्पूर्ण गाउँपालिकावासी आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

पालिकाहरूले मगर समुदायको पहिचान, संस्कृति र योगदानको सम्मान स्वरूप एक दिन स्थानीय बिदा दिने निर्णय सार्वजनिक गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?