© 2026
दाङ ।
जिल्ला प्रशासन कार्यालय दाङले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन अत्यावश्यकबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न दाङमा सवारी साधन सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको हो ।
कार्यालयले आज बुधबार एक सूचना जारी गर्दै फागुन २२ गते राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नहुँदासम्म जिल्लाभर सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको हो ।
उक्त अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, दूरसञ्चार सेवा, विद्युत् सेवा, स्वास्थ्य सेवा, अत्यावश्यक सेवा तथा अनुमति प्राप्त सवारी साधन भने सञ्चालन गर्न पाइनेछ । कूटनीतिक नियोगका सवारी साधन र नम्बर प्लेटमा ‘सिडी’ उल्लेख भएका सवारी साधनलाई पनि छुट दिइएको कार्यालयले जनाएको छ ।