© 2026
दाङ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि दाङका सिमानासँग जोडिएका नाकाहरू तीन दिन बन्द हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनका अनुसार निर्वाचनलाई स्वच्छ , निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यही फागुन १८ (सोमबार) गते राती १२ बजे देखि २१ गते (बिहीबार) राती १२ बजेसम्म भारतसँग सीमा जोडिएका दाङ जिल्लाका सम्पूर्ण नाकाहरू बन्द रहने एक विज्ञप्ति मार्फत जानकारी गराएकी छन् ।