Butwal Today

सोमबार रातीदेखि रुपन्देहीका सीमा बन्द हुने

१३ फाल्गुन २०८२, बुधबार
अ+
अ-

बुटवल । रुपन्देहीसँग जोडिएका सीमानाकाहरु सोमबार रातीदेखि बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै निर्वाचनका लागि भारतसँग जोडिएका सीमानाका यही फागुन १८ गतेदेखि २१ गते बिहीबार मतदान सम्पन्न नहुन्जेलसम्मका लागि बन्द हुने जनाएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी मेघराज पाध्याले जारी गरेको सूचनाअनुसार एम्बुलेन्स, दुधका ट्यांकर, दुरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा, तथा विद्युतीय सेवाजस्ता अत्यावश्यक र अनुमति प्राप्त सवारीबाहेकका सबै सवारी समेत बन्द रहने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?