Butwal Today

सङ्गीको ‘अन्तर्दृष्टि’ चित्रकला प्रदर्शनीमा

१२ फाल्गुन २०८२, मंगलवार
अ+
अ-
काठमाडौँ ।  यहाँको ठमेलस्थित छाया सेन्टरमा चित्रकार सङ्गी श्रेष्ठको ‘अन्तर्दृष्टि’ शीर्षकमा एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।
गत आइतबारदेखि सुरु भएको सो प्रदर्शनी एक सातासम्म सञ्चालन हुनेछ । यहाँ राखिएका चित्र हेरेर दर्शकले आत्मिकता महसुस गर्न सकोस् भन्ने उद्देश्य राखिएको चित्रकार श्रेष्ठले बताइन् । “प्रत्येक रङ्गले कुनै न कुनै सन्देश बोकेको हुन्छ”, उनले भनिन्, “चम्किला रङ्गले ऊर्जावान् अनुभूति गराउँछ भने रातो र निलो रङ्गले रूपान्तरणको भाव बोध गराउँछ ।”
श्रेष्ठले आमाको निधन पछि एकान्तपनको अनुभूति हुँदा सो चित्रहरू कोर्न थालेको बताइन् ।
माया र ममताको छहारी खोसिँदा भावुक मनलाई उनले क्यान भासमा रङमार्फत उतार्नुभएको हो । प्रदर्शित चित्रहरूमा वैराग्य भाव मात्रै नभई प्रकृतिसँग जोडिएका उमङ्ग झल्किने पात, फुल, पुतलीहरूसमेत रङ्गका माध्यमबाट सुन्दरसँग संयोजन गरेकी छन् । प्रदर्शनीमा ११६ सिर्जना राखिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?