Butwal Today

कराते टोली रुस जाने

१२ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ । 

नेसन्स कप क्योकुसिन कराते प्रतियोगितामा सहभागी हुन पाँच  खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार रुसको मस्को जाने भएको छ ।

फेब्रुअरी २७ देखि मार्च २ तारिखसम्म हुने प्रतियोगितामा चार पुरुष र एक महिला खेलाडीले नेपालबाट सहभागिता जनाउने छन् । पुरुष ७० किलोमा सनीसिंह सुनार, ७५ किलोमा  सागर विष्ट, ८० किलोमा मुकेशकुमार चन्द र ३० किलोमा ब्रिनिश महर्जनले खेल्नेछन् ।

महिला ५५ किलोमा बबिता कार्कीले प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकमा नेपाल बुदोकैदो फुल कन्ट्याक्ट सङ्घका ब्रान्च चिफसमेत रहेका अध्यक्ष वीरकृष्ण महर्जन छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज यहाँ आयोजित  एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?