© 2026
काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ स्थित चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना गरिएको छ ।
विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त जालन्धर शक्ति पीठ पुनर्निर्माणका क्रममा फेला परेको मूर्ति बृहत् चारघरे धार्मिक समितिको अगुवाइमा आज स्थापना गरिएको हो ।
मूर्ति प्राण प्रतिष्ठाका निम्ति कीर्तिपुर नगरपालिकाले रु १२ लाख तथा स्थानीयले चन्दा दिएका थिए । मन्दिरको प्रारूप कीर्तिपुर नगरपालिका–६ का प्राविधिक प्रभाष महर्जनले तयार गरेका हुन । उक्त मूर्ति नवौँ शताब्दीको भएको पुरातत्त्व विभागले बताएको छ । रासस