Butwal Today

नेकपा मालेले दाङका ३ वटै क्षेत्रमा एमालेलाई समर्थन गर्ने

१२ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

लमही ।

नेकपा माले दाङले यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई समर्थन गर्ने निर्णय गरेको छ ।

सहमति अनुसार दाङका तीनवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका एमाले उम्मेदवारहरूलाई मतदान गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा पनि माले र एमालेबीच सहकार्य गर्ने निर्णय गरिएको छ ।

मंगलबार सम्पन्न लिखित सहमतिमा मालेका पोलिट्ब्युरो सदस्य महेन्द्र शाह, जिल्ला सचिव नेत्र प्रकाश पाण्डे तथा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुकुम बहादुर बस्नेत र एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी सहभागी थिए ।

दाङ क्षेत्र नम्बर १ मा एमालेका केन्द्रीय लेखा आयोग सदस्य रेवतिरमण शर्मा, क्षेत्र नम्बर २ मा एमालेका महासचिव शंकर पोखरेल र क्षेत्र नम्बर ३ मा पार्टी केन्द्रीय सदस्य घनश्याम पाण्डे उम्मेदवार रहेका छन् ।

यस सहमतिसँगै दाङमा वामपन्थी शक्तिहरूबीचको चुनावी तालमेल थप सुदृढ हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?