© 2026
काठमाडौँ ।
राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि नागार्जुन रिसोर्टले रु एक लाख सहयोग प्रदान गरेको छ ।
काठमाडौँको नागार्जुनमा अवस्थित सो रिसोर्टले कप्तान भण्डारीको उपचारका लागि उक्त रकम उनको बैङ्क खातामा जम्मा गरिदिएको रिसोर्टका सञ्चालक निरोज पन्तले जानकारी दिए ।
घुँडामा भएको सङ्क्रमणसँग जुधिरहेकी साम्बा पुनः जटिल शल्यक्रियाको तयारीमा रहेकी र शल्यक्रिया महँगो भएकाले उनले आर्थिक सहयोगको याचना गरेका थिए ।
नेपाली फुटबललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान दिने राष्ट्रको गौरव खेलाडीको उपचारका लागि उक्त रिसोर्टले सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग उपलब्ध गराएको सञ्चालक पन्त र व्यवस्थापन प्रमुख अभिषेकविक्रम शाहले बताए । रासस