Butwal Today

गृहमन्त्री अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजकको भेट

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ । 

गृहमन्त्री ओमप्रकाश अर्यालसँग संयुक्त राष्ट्रसङ्घ, नेपालका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेका छन् ।

गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसङ्घले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरूको क्षमता वृद्धिलगायत क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

साथै उनले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा अगामी दिनमा थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

भेटमा गृहमन्त्री अर्यालले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संस्थागत गर्ने कार्य सरकारले तीव्र रूपमा काम गरिरहेको बताए ।

सो अवसरमा संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक याहियाले नेपाल सरकारसँगको सहकार्यलाई निरन्तरता प्रदान गरिने बताउँदै नेपालमा लागू औषध नियन्त्रण, सीमा सुरक्षा मानव बेचबिखनलगायत क्षेत्रमा थप सहयोग र सहकार्य विस्तार गर्ने विषयमा चासो व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?