© 2026
काठमाडौं । पोखराबाट काठमाडौं आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गएराति धादिङको बेनिघाट रोराङ गाउँपालिका अन्तर्गत चरौंदी नजिक भैंसेडाँडा क्षेत्रमा ग.२ ख. १२३१ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा १४ जना, नेशनल सिटी अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जनाको उपचार भइरहेको छ ।
धादिङ प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुनेहरूको विवरण यसप्रकार छ :
१. स्टीवर्ट डोमिनिक इथान(२४ वर्ष) – ब्रिटिश नागरिक ।
२. विवेक बस्नेत (४० वर्ष) – पोखरा महानगरपालिका–३०, कास्की ।
३. चन्द्र बहादुर ढेंकर (६३ वर्ष) – स्थायी ठेगाना स्याङ्जा, हाल नागार्जुन नगरपालिका–६, काठमाडौं ।
४. ओम कुमार मल्ल (अन्दाजी ४० वर्ष) – व्यास गाउँपालिका–४, तनहुँ ।
५. इन्जिनियर ढुंगाना (अन्दाजी ३० वर्ष) – त्रिपुरासुन्दरी गाउँपालिका–४, धादिङ ।
६. विष्णुमाया ढकाल (अन्दाजी ५५ वर्ष) – शुक्लागण्डकी नगरपालिका–७, तनहुँ ।
७. लोमाङ गोले (अन्दाजी २९ वर्ष) – बौद्ध टुसाल, काठमाडौं ।
८. हरि प्रसाद सिग्देल (अन्दाजी ४५/४६ वर्ष) – भीमान नगरपालिका–६, तनहुँ ।
९. नबिन्द्र श्रेष्ठ (५५ वर्ष) – तानसेन नगरपालिका–१, पाल्पा ।
१०. नाम, थर र वतन नखुलेका अन्दाजी ३०/३२ वर्षका पुरुष (काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु) ।
११. नाम, थर र वतन नखुलेका अन्दाजी ४५/५० वर्षका पुरुष ।
१२. नाम, थर र वतन नखुलेका अन्दाजी ३०/३२ वर्षका पुरुष (दाहिने हातको नाडीमा ‘Roheeet’ लेखिएको ट्याटु) ।
१३. नाम, थर र वतन नखुलेका अन्दाजी १९/२० वर्षका पुरुष (दाहिने हातको नाडीमा चंगेरो र गिटारको ट्याटु) ।
१४. नाम, थर र वतन नखुलेकी अन्दाजी २६/२७ वर्षकी महिला ।
१५. नाम, थर र वतन नखुलेकी अन्दाजी २६/२७ वर्षकी महिला ।
१६. नाम, थर र वतन नखुलेका अन्दाजी ५०/५२ वर्षका पुरुष ।
१७. नाम, थर र वतन नखुलेकी अन्दाजी ३४/३६ वर्षकी महिला ।
१८. नाम, थर र वतन नखुलेकी अन्दाजी ३० वर्षकी महिला ।
१९. नाम, थर र वतन नखुलेकी अन्दाजी ४५ वर्षकी महिला ।
प्रहरीका अनुसार बाँकी मृतकहरूको पहिचान खुलाउने प्रयास जारी रहेको छ । घटनासम्बन्धी थप विवरण आउन बाँकी छ ।
