Butwal Today

चरौदी बस दुर्घटना: दुई विदेशीसहित १७ जनाको मृत्यु, उद्धार सकियो

११ फाल्गुन २०८२, सोमबार
अ+
अ-

मलेखु (धादिङ)।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को  बस त्रिशूली नदी किनारमा खसेको थियो ।   दुर्घटनामा ११ जना पुरुष र छ जना महिलाको घटनास्थलमै मृत्यु भएको हो ।

तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेका छन् । बसमा ४४ जना सवार रहेको बताइएको छ । २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ ।

दुर्घटना स्थलबाट सबै घाइतेहरूको उद्धार गरिसकिएको छ । केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौँ पठाइएको छ ।

जिल्लाका तीनै सुरक्षा निकाय र स्थानीयले उद्धार गरेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?