© 2026
दाङ ।
दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । लमहीदेखि घोराहीतर्फ आउँदै गरेको यात्रुवाहक बस घोराही उपमहानगरपालिका वडा नं. ३ चिसापानीमा लु २ ख ३२७७ नं. को बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका ७ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको र अन्य दुई जना घाइतेको लमही अस्पताल लमही दाङमा उपचार भइरहेको प्रहरी प्रवक्ता बोहराले जानकारी दिए ।
बस चालक राप्ती गाउँपालिका वडा नं. ५ सिसहनियाका ३५ वर्षका केशर बहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । अहिले बाटो एकतर्फी सुचारु भएको प्रहरीले जनाएको छ ।